Section 32
रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री कब्जा गर्न सक्ने
(१) कसैले दफा २५ विपरीत कुनै रचना वा ध्वनिअङ्कनको प्रकाशन वा पुनरुत्पादन गरेको वा गर्न लागेको शङ्का लागेमा यस ऐन बमोजिम कसूर तहकिकात गर्ने प्रहरी कर्मचारी समक्ष उजुरी दिएमा सो प्रहरी कर्मचारीले त्यस्तो रचना वा ध्वनिअङ्कनको प्रतिहरु बिक्री वितरण हुन नदिनको लागि आवश्यक व्यवस्था गर्नेछ र आवश्यक भएमा त्यस्तो रचना वा ध्वनिअङ्कनको प्रतिहरु प्रचलित कानून बमोजिम खानतलासी गरी कब्जामा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी गरी कब्जामा लिंदा त्यस्तो रचना वा ध्वनिअङ्कनका प्रतिहरु प्रकाशन वा पुनरुत्पादन गर्न प्रयोग गरिएको मेशिन लगायतका सामग्रीहरु समेत कब्जामा लिन सकिनेछ ।